एउटै विद्यालयमा एक पटक भर्ना भएपछि पटक-पटक भर्ना शुल्क लिन नपाइने
काठमाडौँ । अबदेखि एउटै विद्यालयमा एकपटक भर्ना भएपछि पटक(पटक भर्ना शुल्क लिन नपाइने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले एक निर्देशनात्मक सूचना जारी गर्दै यस्तो जनाएको हो ।
एउटै विद्यालयमा एक पटक भर्ना भइसकेपछि पनि पटक(पटक भर्ना शुल्क लिइएको गुनासो आएपछि त्यस्तो नगर्न मन्त्रालयले निर्देशन दिएको छ ।
यता कतिपय विद्यालयहरुले तोकिएको भन्दा बढी शुल्क लिने गरेको, तोकिएको शीर्षकमा भन्दा फरक शीर्षकमा शुल्क लिएको गुनासो आएको भन्दै त्यस्तो कार्य नगर्न पनि भनेको छ ।
यदि शैक्षिक सत्र सुरु नहुँदै भर्ना गर्ने, नियमविपरीत शुल्क लिने तथा कानूनी प्रावधान बाहेक हुने गरी अग्रिम शुल्क लिइएको भए तत्काल फिर्ता गर्न र सो को अनुगमन गरी अटेर गर्ने विद्यालयलाई कारवाही गर्न सम्पूर्ण स्थानीय तहलाई पचात्रार गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई आग्रह गरेको छ ।
