कार्की आयोगको प्रतिवेदन अस्वीकार गर्ने नेकपा संयुक्तको निर्णय

काठमाडौं। नेकपा संयुक्तले भदौ २३ र २४ गतेको घटनामा गौरीबहादुर कार्की आयोगको प्रतिवेदन नमान्ने निर्णय गरेको छ।

राष्ट्रिय सम्मेलन आयोजक कमिटीको बैठकले कार्की आयोगको प्रतिवेदन अपूर्ण र पूर्वाग्रही भएकोले बहालवाला न्यायाधीशको अध्यक्षतामा शक्तिशाली छानबिन आयोग गठन गरी सङ्लनलाई कारबाही गर्न माग गरेको छ।

एमालेले पनि कार्की आयोगको प्रतिवेदन अस्वीकार गर्दै बहालवाला न्यायाधीशको अध्यक्षतामा अर्को छानबिन आयोग बनाउन माग गर्दै आइरहेको छ।

नेकपा संयुक्तको बैठकले ०४८ देखिएका उच्चपदस्थ कर्मचारी, राजनीतिक व्यक्तिहरू,न्यायपालिकाका पदाधिकारी एवं सार्वजनिक ओहोदामा रहेका व्यक्तिहरूको सम्पत्ति छानबिन गर्न उच्चस्तरीय छानबिन समिति गठन गरी कारबाही गर्न माग गरेको छ।

लोकतान्त्रिक प्रक्रिया र सङ्घ संस्थालाई नियन्त्रण तथा सङ्कुचन गर्ने प्रक्रिया तत्काल बन्द गर्न, सबै खाले असमान सम्धी सम्झौता खारेजलगायत ११ बुँदे प्रस्ताव पारित गरेको छ।