विद्यार्थी संगठनको घाटी निमोठ्न खोजे सरकारकै जरो उखेल्ने विप्लवको चेतावनी

काठमाडौं । नेकपा माओवादीका महासचिव नेत्र विक्रम चन्द विप्लवले विद्यार्थी संगठन खारेज गर्ने सरकारी नीतिको कडा आलोचना गरेका छन् । विद्यार्थी संगठन खारेज गर्ने सरकारी नीतिको कडा आलोचना गर्दै उनले सामाजिक सञ्जालमार्फत विद्यार्थी संगठनको घाटी निमोठ्न खोजे सरकारकै जरो उखेल्ने चेतावनी दिएका हुन्।

उनले सरकारको यो सोच निरङ्कुश प्रवृत्तिको अभिव्यक्ति भएको बताउदै विद्यार्थी संगठनहरू सचेतता, खबरदारी, न्याय, बिद्रोह र अग्रगमनका वहाक भएको उल्लेख गरेका छन्।

उनले विद्यार्थी संगठन खारेज गर्ने सरकारी नीति विरूद्ध विद्यार्थी संगठनहरूले गरेको विरोध कार्यक्रमप्रति आफुहरुको पूर्ण समर्थन रहेको बताउदै आन्दोलनलाई सशक्त बनाउँदै अगाडि बढन सुझाव दिएका छन्।

‘विद्यार्थी संगठन खारेज गर्ने सरकारी नीति विरूद्ध विद्यार्थी संगठनहरूले गरेको विरोध कार्यक्रमप्रति हाम्रो पूर्ण समर्थन छ। आन्दोलनलाई सशक्त बनाउँदै अगाडि बढ,’ उनले भनेका छन्, ‘सरकारको यो सोच निरङ्कुश प्रवृत्तिको अभिव्यक्ति हो।

विद्यार्थी संगठनहरू सचेतता, खबरदारी, न्याय, बिद्रोह र अग्रगमनका वहाक हुन। नेपालका सबै निरङ्कुश शासकहरूको अन्त्यमा विद्यार्थीको भूमिका अग्रस्थानमा रहेको छ। जुन संस्था र शक्तिको योगदानले यी परिवर्तन भएका छन् र सरकार खडा भएकाछन् तिनकै घाटी निमोठ्न खोजे सरकारकै जरो उखेलिन्छ।