भारत भ्रमणमा सीमा र लिपुलेकको विषय उठाउन प्रधानमन्त्रीलाई हर्कको आग्रह

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्री बालेन शाहलाई भारतसँग महाकालीमा सिमा अतिक्रमण बन्द गर्न र लिम्पियाधुरा लिपुलेकमा नाका खोल्दा नेपालको स्वीकृति अनिवार्य लिने प्रबन्ध मिलाउने विषयमा कुरा गर्न आग्रह गरेका छन् ।

प्रधानमन्त्री बालेनको भारत भ्रमणको तयारी भइरहेको समाचार बाहिरिएसँगै अध्यक्ष साम्पाङले सामाजिक सञ्जालमार्फत भारतसँग महाकालीमा सिमा अतिक्रमण बन्द गर्न र लिम्पियाधुरा लिपुलेकमा नाका खोल्दा नेपालको स्वीकृति अनिवार्य लिने प्रबन्ध मिलाउने विषयमा कुरा गर्न आग्रह गरेका हुन् ।

उनले भनेका छन्, ‘सम्मानीय प्रधानमन्त्री बालेन्द्र शाह ज्यु‘ तपाइँको भारत भ्रमण निकट भविष्यमै हुने भन्ने समाचार बाहिरिएको छ ! भ्रमण उपलब्धिमूलक रहोस् ! महाकालीमा सिमा अतिक्रमण बन्द गरियोस् र लिम्पियाधुरा लिपुलेकमा नाका खोल्दा नेपालको स्वीकृति अनिवार्य लिने प्रबन्ध मिलाइयोस्! यति भए पुग्छ अहिलेलाई !