पिर्के सलामी नलिने गृहमन्त्रीको घोषणा

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले पिर्के सलामी नलिने घोषणा गरेका छन् । नवलपुरमा सशस्त्र प्रहरी बलको कार्यालयमा पुगेर उनले उक्त घोषणा गरेका हुन् ।

गृहमन्त्री गुरुङलाई सशस्त्रका डीएसपी लक्ष्मण बरालले स्वागत गरेका थिए । त्यहाँ नवलपुरका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी राना, एसपी युवराज खडका, अनुसन्धानका एसपी अभिनयकुमार सिंहलगायत पनि सहभागी थिए ।