काँग्रेसले वैशाख ४ गते संसदीय दलको नेता छान्ने

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधि सभा संसदीय दलको नेता आगामी वैशाख ४ गते छान्ने भएको छ । कांग्रेसको निर्वाचन समितिका संयोजक प्रकाश स्नेहीले वैशाख ३ गते सहमति प्रयास गर्दा नजुटेमा ४ गते निर्वाचन हुने जानकारी गराएका हुन् ।

वैशाख २ गते निर्वाचन समितिको बैठक बसेर संसदीय दलको नेता चयनका लागि तालिका ल्याइने र वैशाख ३ गते सर्वसम्मतिका लागि प्रयास हुने स्नेहीले बताए । त्यहाँ सहमति हुन नसकेमा चुनावबाट दलको नेता चयन हुने उनले बताए ।

पार्टीका सबै नेताहरू प्रदेशगत निर्वाचन समीक्षामा खटिएकाले संसदीय नेता चयनमा ढिलाइ भएको कांग्रेसको भनाइ ।

कांग्रेसले अहिले फागुन २१ गते भएको निर्वाचनमा व्यहोरेको हारको देशव्यापी समीक्षा गरिरहेको छ । कांग्रेस दलको नेताका लागि भीष्मराज आङदेम्बे, अर्जुननरसिंह केसी र मोहन आचार्यसहितका सांसदहरू दौडमा छन् ।