काठमाडौँ उपत्यकामा आजदेखि रात्रिबस सेवा

काठमाडौं। काठमाडौँ उपत्यकामा आज (मंगलबार)देखि रात्रि बस सेवा सञ्चालन हुने भएको छ। काठमाडौँ महागनरका कार्यवाहक मेयर सुनिता डंगोलका अनुसार दुई वटा रूटमा रात्रिबस सेवा सञ्चालन हुने छ।

साझा यातायातको सहकार्यमा राति ८ बजेदेखि ११ बजेसम्म बुढानीलकण्ठदेखि लगनखेलसम्म र अर्को रूट एयरपोर्टदेखि थानकोटसम्म बस चल्नेछन्। यसरी चल्ने बस प्रत्येक २० मिनेटमा उपलब्ध हुने उपमेयर डंगोलले बताएकी छन्।

बसमा सुरक्षाका लागि एक जना नगर प्रहरी रहने छन्। प्रारम्भमा ७ वटा बसबाट सेवा सुरू हुनेछ। बस सेवा ललितपुर महानगर, चन्द्रागिरि र बुढानिलकण्ठ नगरपालिकाको सहकार्यमा सञ्चालन भएको हो।