खिल निकाल्ने वर्ष हो,सहन सक्ने शक्ति मिलोस्: रवि लामिछाने

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले नयाँ वर्ष २०८३ खिल निकाल्ने वर्ष भएकाले केही दुःख हुने र त्यो दुःख सहन सक्ने शक्ति हुनुपर्ने बताएका छन्। मंगलबार सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश दिँदै उनले आउने वर्ष परिवर्तन र चुनौतीको वर्ष हुने संकेत गरेका हुन्।
उनले आफ्नो सन्देशमा लेखेका छन्, खिल निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्ति मिलोस्। हाम्रोतर्फबाट धेरै शुभकामना। उनको यस अभिव्यक्तिलाई धेरैले नयाँ वर्षमा आउने संघर्ष र त्यसलाई सहेर अघि बढ्नुपर्ने सन्देशका रूपमा बुझेका छन्।
लामिछानेले नागरिकलाई धैर्य र सहनशीलता अपनाउँदै आगामी वर्षलाई सकारात्मक रूपमा लिन आग्रहसमेत गरेका छन्।
