हर्क साम्पाङले मागे गृहमन्त्री गुरुङको राजीनामा

काठमाडौं । श्रम संस्कृति पार्टी अध्यक्ष तथा संसदीय दलका नेता हर्क साम्पाङले गृहमन्त्री सुधन गुरुङको राजीनामा मागेका छन्।

गृहमन्त्री गुरुङको सार्वजनिक सम्पत्ति विवरणबारे बनाइएको भिडियो सामाजिक सञ्जाल फेसबुकमा सेयर गर्दै प्रतिपक्षी दलका नेता साम्पाङले गृहमन्त्री गुरुङलाई आफ्नो सम्पत्तिको स्रोतबारे जवाफ दिनुपर्‍यो कि राजीनामा दिएर सरकारबाट बाहिरिन सुझाव दिएका हुन्।

गृहमन्त्री गुरुङको सम्पत्ति विवरण र उक्त सम्पत्तिको स्रोतबारे प्रश्न गरेर बनाइएको भिडियो सेयर गर्दै फेसबुकमा साम्पाङले लेखेका छन्, ‘सुधनजी, लु खत्रा आयो कुरा। अब यो बारेमा उत्तर दिनु पर्‍यो सामाजिक संजालमै। नत्र राजीनामा दिएर जानुपरो नैतिकताको प्रश्न खडा भयो है।

fb harka.JPG