आईसीसी महिला च्यालेन्ज ट्रफी: नेपालले आज अमेरिकासँग खेल्दै

काठमाडौं । आईसीसी महिला टी–२० च्यालेन्ज ट्रफीको आफ्नो पहिलो खेलमा नेपालले आज अमेरिकासँग खेल्दैछ । यो खेल नेपाली समयअनुसार बेलुका पौने ५ बजे रुवान्डामा शुरू हुनेछ ।

नेपाली महिला टोलीले पहिलो पटक रुवान्डामा खेल्न लागेको हो । प्रतियोगितामा नेपाल र अमेरिकासहित इटाली, रुवान्डा र भानुआतु छन् । सबै टोलीले एकअर्कासँग दुई पटक खेल्नेछन् ।अङ्क तालिकाको शीर्ष स्थानमा रहने टोली विजेता बन्नेछ ।

आजदेखि शुरू भएको प्रतियोगिता वैशाख १८ गतेसम्म चल्नेछ । आईसीसीले पहिलो पटक यो प्रतियोगिता आयोजना गरेको हो ।

नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीलाई नेपाल क्रिकेट सङ्घ (क्यान) ले गएको बुधवार बिदाइ गरेको थियो ।