आज वैशाख ०८ गते मंगलबार,यस्तो छ तपाईको राशिफल

मेष- परम्परागत कार्यलाई समय अनुसार परिवर्तन गर्ने अवसर मिल्नेछ । प्रतिष्ठा र मान सम्मान बढ्नेछ भने भाग्यले अप्रत्याशित लाभ दिलाउन सक्छ । चुनौतीहरू हट्दै जानेछन् र आम्दानीका स्रोत विस्तार हुने संकेत छ ।

वृष- प्रयास गरेको काम छिट्टै पूरा हुने भएकाले समय व्यवस्थापन सहज रहनेछ । रचनात्मक कार्य सुरु गर्न सकिनेछ । स्वास्थ्यमा केही समस्या देखिए पनि आत्मबलले पार पाउन सकिनेछ।

मिथुन- जमिन र पशुधनबाट सामान्य लाभ हुनेछ । पारिवारिक सहयोग, विशेष गरी आमाको साथले काम बन्नेछ । केही परिस्थितिले मानसिक तनाव दिन सक्छ, तर सामाजिक हितका कार्यमा संलग्न हुने अवसर मिल्नेछ।

कर्कट- मेहनत अनुसार प्रतिफल पाइने समय छ। रोकिएका काम पूरा हुने र नयाँ काम सुरु गर्न अनुकूल समय छ । सहयोगीहरूको साथ मिल्नेछ र जीवनशैली सुधार्ने अवसर आउनेछ।

सिंह- व्यापार तथा उद्योगमा विशेष लाभ हुने देखिन्छ। प्रतिस्पर्धामा सफलता मिल्नेछ । टाढाको यात्रा र सुखद समाचार प्राप्त हुने सम्भावना छ । स्वास्थ्य र उत्साह दुवै राम्रो रहनेछन्।

कन्या- कर्म अनुसार राम्रो प्रतिफल प्राप्त हुनेछ। कृषि तथा पशुपालनमा केही समस्या आएपनि आर्थिक लाभ प्रशस्त हुने संकेत छ । दाम्पत्य जीवन सुखद रहनेछ र व्यवसायिक यात्राको सम्भावना छ।

तुला- अविवेकी वाचा गर्दा समस्या आउन सक्छ, सावधानी अपनाउनु होला । साथीभाइसँग दूरी बढ्न सक्छ । तर, नयाँ ज्ञान सिक्ने अवसर र व्यापारमा लाभ हुने सम्भावना छ।

वृश्चिक- मनमा डर भएपनि अवसरहरू आउनेछन् । सही समयमा निर्णय लिन सकिनेछ । आशा नगरेका कामले पनि उत्साह दिनेछ, यद्यपि तत्काल लाभ भने नदेखिन सक्छ।

धनु- कार्य सम्पादन गर्ने क्षमता बढ्नेछ । केही अवसर फुत्कन सक्छन्, सचेत रहनुहोला । प्रयत्न गर्दा सहयोगीका माध्यमबाट फाइदा उठाउन सकिनेछ । गोपनीयतामा विशेष ध्यान पुर्याउनुहोला । धेरैको मन लोभ्याउन सकिनेछ ।

मकर- परिवारसँग समय बिताउने र स्वादिष्ट भोजनको आनन्द लिने अवसर मिल्नेछ । प्रेम र मित्रता बलियो बन्नेछ । तर, अनावश्यक आरोप र प्रशासनिक झन्झटमा पर्ने सम्भावना छ।

कुम्भ- अरूका लागि काम गर्दा आफ्ना योजना प्रभावित हुन सक्छन् । आर्थिक कारोबारमा विशेष सावधानी अपनाउनु आवश्यक छ । चोरी वा ठगीको जोखिम हुन सक्छ।

मीन- दीर्घकालीन लाभ दिने कार्यमा लगानी गर्ने समय छ। तार्किक क्षमता बढ्नेछ र विशेष कार्यक्रममा सहभागी हुने अवसर मिल्नेछ । तर, अनावश्यक वाचा गर्दा समस्या आउन सक्छ।