राष्ट्रपतिद्वारा संसद् अधिवेशन आह्वान

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गरेका छन्।

राष्ट्रपति कार्यालयले बुधवार एक विज्ञप्ति जारी गर्दै नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा अधिवेशन आह्वान गरिएको हो।

यहीँ वैशाख १७ गते बिहीबार दिउँसो १:०० बजे सङ्घीय संसद् भवन, सिंहदरबारमा प्रतिनिधिसभा र राष्ट्रिय सभाको अधिवेशन बस्ने तय गरिएको छ।