विश्वकप लिग–२: आज ओमानसँग भिड्दै नेपाल

काठमाडौं । आईसीसी विश्वकप लिग–२ अन्तर्गत नेपालले आज आफ्नो दोस्रो खेलमा ओमानसँग प्रतिस्पर्धा गर्दैछ । खेल कीर्तिपुरस्थित टियु मैदानमा बिहान ९ः ३० बजे सुरु हुनेछ ।

घरेलु टोली नेपालले पहिलो खेलमा यूएईलाई ३७ रनले हराएको थियो भने ओमान यूएईसँग २५ रनले पराजित भएको थियो ।

लिग २ मा २१ खेलमा ६ जितमात्रै निकालेको नेपाल अंकतालिकाको सातौँ स्थानमा छ । यस्तै, ओमान २५ खेलबाट १३ जितका साथ २९ अंकसहित तेस्रो स्थानमा छ ।