चुनाव हारेपछि आज पहिलोपटक सर्लाही जाँदै गगन
काठमाडौं। नेपाली कांग्रेसका सभापति गगन थापा आज सर्लाही जाँदै छन् । निर्वाचन हारेपछि थापा आज पहिलोपटक सर्लाही जान लागेका हुन्।
गत फागनु २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा थापा सर्लाही ४ मा उम्मेदवार बनेका थापा रास्वपाका अमरेश सिंहसँग पराजित भएका थिए।
चुनावमा भएको पराजयपछि आज पहिलोपटक सभापति थापा सर्लाही आउन लागेको कांग्रेस सर्लाहीका युवा नेता रघु कार्कीले जानकारी दिए। उनका अनुसार मतदातालाई धन्यवाद ज्ञापन गर्न र कांग्रेसले सञ्चालन गरेको जरा अभियानका कार्यक्रममा सहभागी हुन उनी त्यस क्षेत्र जान लागेका हुन्।
कांग्रेसको प्रदेशस्तरी निर्वाचन समीक्षा कार्यक्रमका लागि सभापति थापा गएको चैत २५ गते जनकपुर गए पनि सर्लाही नगइ काठमाडौँ फर्किएका थिए।
