घट्यो सुनको मूल्य,कतिमा हुँदैछ कारोबार
काठमाडौं। सुनको मूल्य प्रतिताला ३ हजार रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबारका लागि सुनको मूल्य प्रतितोला २ लाख ९४ हजार ५ सय रुपैयाँ तोकेको हो। मंगलबार २ लाख ९७ हजार ५ सयमा कारोबार भएको थियो।
बुधबार चाँदीको मूल्य पनि घटेको छ। अघिल्लो दिनको तुलनामा चाँदी प्रतितोला ३० रुपैयाँ घटेको हो। मंगलबारप्रतितोला ४ हजार ९४५ रुपैयाँमा कारोबार भएको चाँदी बुधबार ४ हजार ९१५ रुपैयाँमा पुगेको छ।
