आज बैशाख १९ गते शनिबार,यस्तो छ तपाईको राशिफल
मेष- कुनै नयाँ कामको थालनी गर्नु राम्रो हुनेछ । परिवारमा आर्थिक समस्याले सताउन सक्छ । काम प्रति उत्साह बढ्दा धन लाभ हुने संकेत छ। सन्तान पक्षबाट सुखद समाचार मिल्न सक्छ । नयाँ योजना बनाउँदा फाइदा हुने देखिन्छ । साथै व्यापार व्यवसायबाट पनि लाभ प्राप्त हुनेछ।
वृष- आज अनावश्यक डर लाग्न सक्छ, त्यसैले सतर्क रहनुहोस् । कसैसँग हल्का मनमुटाव हुन सक्छ । निर्णय लिन ढिलाइ हुँदा काममा अवरोध आउन सक्छ र चिन्ता बढ्न सक्छ । स्वास्थ्यमा अचानक समस्या आउन सक्ने तथा चोट पटकको सम्भावना पनि देखिन्छ ।
मिथुन- आज तपाईंले कसैबाट आदर पाउने दिन छ, तर जागिरमा भने खासै मन नलाग्न सक्छ । धन र मान सम्मान प्राप्त हुने योग छ । नोकरी तथा राजनीतिमा आफ्नो प्रभाव बढाउन सकिनेछ । विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ र अरूलाई प्रभावित पारेर काम सफल बनाउन सकिनेछ ।
कर्कट- आज तपाईंले सोचेका काम पूरा भई सुखको अनुभव हुनेछ । रुपैयाँ पैसाको कारोबार पनि राम्रो रहनेछ । परिवारजनको साथले नयाँ आशा जाग्नेछ । दाम्पत्य जीवन सुखमय रहनेछ । परोपकार तथा धार्मिक क्षेत्रमा लगानी गर्दा राम्रो प्रतिफल मिल्नेछ । कृषि कार्यबाट पनि लाभ लिन सकिनेछ ।
सिंह- नसोचेको स्थानबाट आकस्मिक लाभ हुन सक्छ । परिवारमा सामान्य विवाद हुन सक्ने सम्भावना छ । आकस्मिक निम्तोमा सहभागी हुने अवसर मिल्न सक्छ। आहार विहारमा विशेष ध्यान दिनु राम्रो हुन्छ । उपहार प्राप्त हुने तथा आयआर्जन राम्रो रहनेछ । अतिथिका रूपमा सम्मान पाइने योग छ ।
कन्या- आज अल्छीपनले सताउन सक्छ । स्वास्थ्यमा समस्या आउँदा धनको पनि क्षति हुन सक्छ । पेट सम्बन्धी समस्या देखिन सक्छ, जसले गर्दा काममा ढिलासुस्ती हुन सक्छ । खानपानमा ध्यान दिनु आवश्यक छ । केही बाध्यात्मक परिस्थितिसँग सम्झौता गर्नुपर्ला ।
तुला- परिश्रम अनुसार राम्रो उपलब्धि प्राप्त हुनेछ । रोकिएका काम पुनः सुरु हुन सक्छन् । पाहुनाको आगमन हुन सक्छ । बुद्धिको सही प्रयोगबाट काममा सफलता पाइनेछ । अन्न तथा धन लाभ हुनेछ । परिवारजनका अपेक्षा पूरा गर्न सकिनेछ ।
वृश्चिक- आज चिताएको काममा सफलता पाइनेछ । धन लाभ हुने दिन छ र कसैबाट सहयोग पनि प्राप्त हुनेछ । पुराना साथीसँग भेटघाटले मन प्रसन्न हुनेछ । अनौठो तरिकाबाट आम्दानी हुने सम्भावना छ । परिवारबाट सुखद अनुभूति प्राप्त हुनेछ ।
धनु- शरीरमा सामान्य समस्या देखिन सक्छ, तर सामाजिक सम्मान पाइने समय छ । यात्राको योग छ । अनौठो तरिकाबाट आम्दानी हुने संकेत छ । रमाइलो यात्रा, घुमफिर र मनोरञ्जनमा दिन बित्नेछ ।
मकर- आर्थिक पक्ष कमजोर रहन सक्छ । अनावश्यक क्षेत्रमा खर्च बढ्न सक्छ, त्यसैले सावधानी अपनाउनुहोस् । सामान्य स्वास्थ्य समस्या देखिन सक्छ । भौतिक सर सामानको क्षति हुने सम्भावना छ । खर्च बढ्दा आर्थिक अभाव हुन सक्छ ।
कुम्भ- बिहान सुखद अनुभव भएपनि बेलुका काममा मन नलाग्न सक्छ । मेहनत गर्दा असम्भवजस्तो देखिएको काम पनि बन्न सक्छ । आफन्तको सहयोग प्राप्त हुनेछ । आकस्मिक भेटघाटले मन प्रसन्न हुनेछ, तर सबै काम सोचे अनुसार नहुन सक्छ ।
मीन- आज पैसा कमाउने राम्रो योग छ । नसोचेको स्रोतबाट आम्दानी हुन सक्छ । आम्दानीका नयाँ अवसरहरू खुल्नेछन् । व्यापार व्यवसायमा राम्रो लाभ हुनेछ । उपलब्धिमूलक यात्रा हुन सक्छ । सकारात्मक र व्यवहारिक सोचको विकास हुनेछ।
