आज केही स्थानमा हावाहुरी,असिनासहित वर्षाको सम्भावना

काठमाडौं। देशका केही स्थानमा आज बदलीसहित हावाहुरी, असिना तथा मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको छ।

जल तथा मौसम विज्ञान विभागकाअनुसार दिउँसो कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशलगायत कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ। सुदूरपश्चिम प्रदेशको तराई भूभागमा आंशिक बादल लाग्नेछ।

कोसी, वाग्मती, गण्डकी प्रदेशलगायत देशको हिमाली र पहाडी भूभागका केही स्थानमा तथा मधेस प्रदेशलगायत लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई क्षेत्रको थोरै स्थानमा मेघगर्जन÷चट्याङ हावाहुरी, असिनासहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ।

विभागले राति कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशलगायत देशको हिमाली र पहाडी भूभागमा साधारणतया बादल बादल लाग्ने बताएको छ। तराई भूभागमा आंशिक बादल लाग्नेछ।

कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशको केही स्थानमा तथा लुम्बिनी र कर्णाली प्रदेशको पहाडी र हिमाली भूभागका थोरै स्थानमा र बाँकी भूभागको एकदुई स्थानमा मेघगर्जन र चट्याङ तथा हावाहुरी, असिनासहित मध्यमसम्मको वर्षा÷हिमपातको सम्भावना छ।

मौसमविद्हरुले अबको एकसाता हरेक दिनजसो वर्षाको सम्भावना रहेको बताएका छन्। एक सातामा केही ठाउँमा मेघगर्जन र भारी वर्षा हुने सम्भावना रहेको पूर्वानुमान रहेको छ भने वर्षा रोकिने संकेत देखिएको छैन।

हाल नेपालमा पश्चिमी र स्थानीय वायुको साथै नेपालको पूर्वी भूभागनजिक तल्लो वायुमण्डलमा रहेको न्यूनचापीय क्षेत्रको प्रभाव रहेको विभागले जनाएको छ।