विस्थापित सुकुम्बासीका लागि (ज्ञ) क्रान्तिको खाका चाहियो प्रधानमन्त्रीज्यू
काठमाडौं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले मानवता, मानवीय जिम्मेवारी र दीगो समाधानतर्फ सरकार गम्भीर बन्न आग्रह गरेका छन्।
उनले प्रधानमन्त्री बालेन्द्र शाहलाई विस्थापित सुकुम्बासीका लागि (ज्ञ) क्रान्तिको खाका नै भए पनि ल्याउन अनुरोध गरे। २०७५ सालमा बारा–पर्सामा आएको भीषण आँधीले २८ भन्दा बढी नागरिकको ज्यान लिएको, ११५० भन्दा बढी घाइते र झण्डै २५०० घरमा क्षति र हजारौं मानिस घरबारविहीन बनेको उनले स्मरण गरे।
त्यो बेला सरकारले छोटो समयमै आवास निर्माण गरी प्रभावित नागरिकलाई पुनःस्थापित गरेको जानकारी उनले दिए। जुन उक्त राज्यको जिम्मेवारीप्रति देखिएको सकारात्मक उदाहरण रहेको उनले जिकिर गरे।
तर आज अवस्था फरक देखिएको र सरकारले आफैँ सुकुम्बासी बस्तीमा डोजर चलाएर हजारौंलाई घरवारविहीन बनाएको पोखरेलले बताए। बर्खा आउनुअघि पुनःस्थापना नगर्ने हो भने गम्भीर मानवीय संकट निम्तिने निश्चित छ।
अस्थायी सेल्टरहरूको दयनीय अवस्था त्यहाँ पुग्नेहरूलाई फोटो खिच्न समेत रोक लगाइएको तथ्यले स्पष्ट पार्छ, उनले सामाजिक सञ्जालमा लेखे।
“वास्तविक क्रान्ति ज्ञ (ज्ञान)बाट सुरु हुन्छ” भन्ने प्रधानमन्त्रीले आजको यो संकटमा कस्तो क्रान्तिकारी कदम चाल्दै हुनुहुन्छरु प्रभावित तथा असुरक्षित महसुस गरिरहेका सुकुम्बासी नागरिकलाई स्पष्ट योजनाका साथ समयमै आश्वस्त पार्नुपर्ने हैन र ? उनले प्रश्न गरे।
