नागरिक र बालबालिका राज्यको पहिलो प्राथमिकतामा परे मात्र मुलुक सुरक्षित हुन्छ: भण्डारी

काठमाडौं। नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले आम जनात र भविष्य बोकेका बालबालिका राज्यको पहिलो प्राथमिकतामा पर्नैपर्ने बताएका छन्। जनात र बालबालिका राज्यको आँखामा परे मात्र मुलुक बलियो र सुरक्षित हुने भनाइ उनको छ।
राज्यको आँखा नपुगेका नागरिक-भविष्य बोकेका बालबालिका-राज्यको पहिलो प्राथमिकतामा पर्नैपर्छ। तब मात्र मुलुक बलियो र सुरक्षित हुन्छ,उनले भने।
नेतृत्वको जवानी, जनताको चाहना र समयको मागअनुसार युवाहरू रकेटको गतिमा अघि बढ्न चाहेको बताउँदै उनले तर विकृति र विसंगति भयावह रहेको उल्लेख गरे। साथै यसको सफाइमा हाहाकार मच्चिन सक्ने समेत जिकिर उनले गरे।
सामाजिक सञ्जालमार्फत उनले भने,नेतृत्वको जवानी, जनताको चाहना र समयको मागअनुसार युवाहरू रकेटको गतिमा अघि बढ्न चाहन्छन्। तर विकृति र विसंगति भयावह छ—यसको सफाइमा हाहाकार मच्चिन सक्छ।
समस्या ऊर्जामा नभइ दिशामा र फरक चेतनामा भएको जिकिर गर्दै उनले जडलाई समाप्त नगरी साँचो परिवर्तन सम्भव नहुने भनाइ राखे। तसर्थ समस्या ऊर्जामा होइन, दिशामा हो। फरक चेतनामा हो। जडलाई समाप्त नगरी साँचो परिवर्तन सम्भव हुँदैन। “सत्यका लागि कहिलेकाही असत्यको सहारा लिनुपर्छ” भन्ने विचार सँगसँगै एउटा प्रश्न उठ्छ—कस्का लागिरु उत्तर स्पष्ट छस् मानवताको लागि,भण्डारीले भने।
