ट्रम्पका विशेष दूत गोर र रवि लामिछानेबीच भेटवार्ता

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण तथा मध्य एसियाली विशेष दूत सर्जियो गोरले रास्वपा सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ । उनीहरूबीच शनिवार भेटवार्ता भएको हो।

भेटमा नेपाल र अमेरिकाबीचको आर्थिक साझेदारीलाई सुदृढ बनाउनेबारे छलफल भएको गोरले सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन्।

उनले भेटवार्ताबारे जानकारी गराउँदै लेखेका छन्, ‘नेपालको नयाँ सरकारसँग परिवर्तनको लागि अविश्वसनीय जनादेश छ, र उनीहरूले घोषणा गरेका सुधारहरू धेरै आशाजनक छन्।

गोर बिहीबार नेपाल आएका थिए । उनले अर्थमन्त्री डा। स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनालसँग पनि भेट गरेका थिए । उनी शनिवार राति नयाँ दिल्ली प्रस्थान गर्ने कार्यतालिका रहेको छ।