राष्ट्रपतिले फिर्ता पठाए संवैधानिक परिषद्सम्बन्धी अध्यादेश

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता पठाएका छन् । उनले आज पुनर्विचारका लागि भन्दै अध्यादेश फिर्ता पठाएका हुन्।

उनले यसअघि संघीय संसद्का दुवै सदनले पारित गरेको विधेयक जे कारण देखाएर फिर्ता गरेका थिए अहिले पनि त्यही कुरा उठाएर पुनर्विचारका लागि फिर्ता गरेको राष्ट्रपटि कार्यालयले जनाएको छ।

राष्ट्रपतिले संविधान अनुसार बहुमतले निर्णय गर्ने व्यवस्था कुनै पनि कानुनले खण्डित हुन नहुने अडान विगतमा लिँदै आएका थिए। अहिले पनि सरकारले अध्यादेश ६ सदस्यीय संवैधानिक परिषद्मा ३ जनाले नै निर्णय गर्न सक्ने प्रावधान राखेर पठाएपछि राष्ट्रपतिले फिर्ता पठाएका हुन्।

प्रधानमन्त्री अध्यक्ष रहने संवैधानिक परिषद्मा ६ जना हुन्छन्। प्रधानन्यायाधीश, सभामुख, राष्ट्रिय सभा अध्यक्ष, प्रमुख प्रतिपक्षी दलका नेता र उपसभामुख सदस्य रहन्छन्। तर, अहिले भने प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारले ३ जनाबाटै निर्णय हुनसक्ने व्यहोराको अध्यादेश सिफारिस गरेपछि उनले पुनर्विचारका लागि पुनः फिर्ता पठाएका हुन्।