आज यी प्रदेशमा बषाको सम्भावना

काठमाडौं। जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा पश्चिमी र स्थानीय वायू तथा नेपालको पूर्वी भूभाग नजिक तल्लो वायूमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको साथै नेपालको दक्षिणतीर अवस्थित पूर्व देखि पश्चिम सम्म फैलिएको न्यून चापीय रेखाको समेत प्रभाव रहेको जानकारी दिएको छ।

हाल मधेश प्रदेश लगायत देशको हिमाली र पहाडी भूभागमा साधारणतया बादल लागेको छ र तराई भूभागमा आंशिक बादल लागेको छ। कोशी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित मध्यम सम्मको वर्षा भइरहेको छ।

आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ। सुदूरपश्चिम र लुम्बिनी प्रदेश लगायत देशको हिमाली र पहाडी भूभागका केही स्थानहरूमा तथा बाँकी तराई भूभागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङ्ग/हावाहुरी, असिना सहित मध्यम सम्मको वर्षा/ हिमपातको सम्भावना रहेको छ। सुदूरपश्चिम र कर्णाली प्रदेशका एक/दुई स्थानमा मेघगर्जन /चट्याङ्ग सहित भारी वर्षाको पनि सम्भावना रहेको छ ।

त्यस्तै आज राती देशभर साधारणतया बादल लाग्नेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको केही स्थानहरूमा, तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्ग हावाहुरी, असिना सहित मध्यम सम्मको वर्षा र हिमपातको सम्भावना रहेको छ। लुम्बिनी प्रदेशका एक र दुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित भारी वर्षाको पनि सम्भावना रहेको छ।