कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौं। नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने भएको हो।

बैठकमा सरकारले ल्याएको अध्यादेश र सुकुमबासी बस्तीमा उचित व्यवस्थापन बिना डोजर चलाएको विषयमा छलफल हुने बताइएको छ।