काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक आज बस्दैछ।
बैठक दिउँसो १ बजे सिंहदरबारस्थित अर्थ समितिको हलमा बस्ने भएको हो। बैठकमा समितिको कार्यक्षेत्र र आगामी कार्यदिशा सम्बन्धमा छलफल हुने संसद सचिवालयले जानकारी दिएको छ।