आज बैशाख २५ गते शुक्रबार,यस्तो छ तपाईको राशिफल
मेष- मनमा चिन्ता बढ्ने योग छ । साथै धनमाल हराउन सक्छ । उद्योग तथा व्यापारमा सामान्य फाइदा मिल्नेछ । साथै सामान्य रोगले सताउला। अस्वभाविक प्रलोभनले अप्ठ्यारोमा परिएला । यसले आफ्नो स्वतन्त्रतामा बाधा पुर्याउन सक्छ । नसोचेको ठाँउमा खर्च हुन सक्छ । अन्नको काममा लाभ हुने दिन छ।
वृष- भाग्यले साथ दिनेछैन । खर्च बढ्ने, लेन देनमा विवाद बढ्नेछ, संयम भएर काम गर्नुहोला । उत्साहजनक समाचारले हर्ष बढ्नेछ । चिताएको काम पुरा नहुन सक्छ। लगानी, दौडधुप, श्रम र प्रयत्नको उचित मूल्य नपाइने समय छ । आफन्त मिलनले सुख दिनेछ । आर्थिक क्षेत्रमा उन्नती हुनेछ।
मिथुन- व्यापारमा सफलता पाउनु होला । यात्रा गर्ने अवसर पनि मिल्नेछ । आम्दानी बढ्नुका साथै भौतिक साधन जुटाउन सकिनेछ। नयाँ सवारी साधन प्राप्तिको योग छ। आश मारेको काम बन्नाले उत्साह जाग्नेछ। सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ। पैसा कमाउने योग छ । व्यर्थको खर्चले मन पिरोल्ला।
कर्कट- अधुरा काम बन्ने योग छ। नोकरी तथा राजनितीमा सफल भइएला । प्रशस्तै फाइदा हुनेछ । गुरुजनको विशेष सहयोग जुट्नेछ । धार्मिक अनुष्ठान र मंगलमय काम सम्पादन हुन सक्छन्। व्यवसायमा लाभ होला। मनोरञ्जनात्मक तरिकाबाट काम बन्ला । प्रियजनसँगको भेटले मन प्रफुल्ल रहला ।
सिंह- परिश्रमले काममा रुचि बढ्ने र आर्थिक क्षेत्रमा राम्रो प्रगति होला। आश्वासन दिएर झुक्याउनेहरूले सताउनेछन्, गोपनीयतामा ध्यान दिँदै सचेत रहनुहोला। निश्चय भएको काम अचानक बिग्रन सक्छ। साथी भाइबाट धोका होला। वादविवादको सामना गर्नुपर्ला। नयाँ कामका योजनाहरु बन्ने सम्भावना छ।
कन्या- व्यापारमा सफलता पाउने, यात्रामा रमाउने र भेटघाटमा सहयोग पाउने योग छ । नयाँ कामको सुरुवात खासै राम्रो छैन । कार्यमा हैरानी बढ्न सक्छ। कीर्तिमानी काम सम्पादन हुन सक्छ । विभिन्न अवसर पाइनेछ। जागिरको काममा डर हुनेछ। आगो र मेसिनरी सामाग्रीबाट जोगिनु पर्ने देखिन्छ।
तुला- दिन मनोरञ्जनपूर्ण रहनेछ। व्यापार र रोजगारीका क्षेत्रमा लाभ मिल्नेछ । सानातिना समस्या आइरहेपनि दिन मनोरञ्जनपूर्ण रहनेछ । गरेका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ। सामाजिक काममा रुचि बढ्नेछ । रमाइलो दिन छ । धन आर्जनमा राम्रो दिन छ । मान सम्मान मिलेपनि मनमा डर रहने छ।
वृश्चिक- अप्रत्याशित लाभ हुनेछ। नयाँ कामका स्रोत फेला पर्लान् । नयाँ ज्ञान सिक्ने मौका छ । पढाइमा प्रगति हुनेछ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ। विशेष योजनाहरू बन्नेछन्। अप्रत्याशित लाभ हुनेछ । आज केही हानि हुन सक्छ, सावधान रहनुहोला । मनोरञ्जन पूर्ण रहने दिन छ।
धनु- अनावश्यक झमेलामा परिएला, खानामा सावधान रहनुहोला । पिडा दिनेहरु सक्रिय रहन सक्छन्, एकदमै सावधान रहनुहोला। नयाँ काममा हात हाल्न केही समय पर्खंनुहोला। गरी आएको कामलाई भने निरन्तरता दिनुहोला । अनावश्यक झमेलामा परिएला । बचत हुने प्रवल सम्भावना छ।
मकर- रमाइलो तरिकाले कामहरु गर्न पाइनेछ । पशुधन र जमिनबाट पनि सामान्य लाभ होला । लगनशीलताले राम्रै उपलब्धि दिलाउनेछ । प्रतिभा देखाएर अवसर हात पार्न सकिनेछ। भूमि, वाहन र पैत्रिक सम्पत्तिको उपयोगबाट प्रशस्त लाभ उठाउन सकिनेछ। पिडा दिनेहरु सक्रिय हुनेछन्, सावधान रहनुहोला।
कुम्भ- आफूले सोचेभन्दा बढी नै लाभ हुनेछ । निर्माण तथा व्यवहारिक क्षेत्रमा मन लाग्नेछ । मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ। भौतिक साधन जुट्नेछन्। व्यापारमा फाइदै हुनेछ । काममा माता पिताको सहयोग प्राप्त होला । राम्रो कमाइका कारण सुख मिल्नेछ। पैसा कमाउने योग छ।
मीन- लामो यात्राको योग छ, साथै धनमाल कमाउने दिन छ । व्यवसायका लागि यात्राको सम्भावना छ । दाम्पत्य जीवन सुखद रहला। अरूलाई प्रभावित पारेर काम लिन सकिनेछ। मेहनत गर्दा सफलता प्राप्त होला । अचानक कमइ हुनेछ । काममा मन प्रशस्त मात्रामा जानेछ।
