सुदन किराती श्रम संस्कृति पार्टीमा आबद्ध,वरिष्ठ नेता बन्ने
काठमाडौं । पूर्वमन्त्री सुदन किराती श्रम संस्कृति पार्टीमा आबद्ध भएका छन्। लामो समयको अड्कलबाजीपछि किराती र श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङबीच सहमति भएको हो।
बिहीबार भएको सहमतिमा सुदन किरातीलाई पार्टीमा वरिष्ठ नेता बनाइने भएको छ। केही समय अघि प्रगतिशील लोकतान्त्रिक पार्टी छाडेका पूर्व मन्त्री किरातीसहित उनीसँगै अन्य केही नेताहरू पनि श्रम संस्कृतिमा प्रवेश गरेका छन्। उनको टिमबाट केहीलाई केन्द्रीय सदस्य बनाउने तयारी रहेको बुझिएको छ।
यसको औपचारिक घोषणा आज गरिने बताइएको छ। किरातीले गत निर्वाचनमा श्रम संस्कृतिका उम्मेदवारलाई सहयोग गरेका थिए।
