सुशीला कार्कीले फिर्ता गरिन् सरकारी गाडी

काठमाडौं । पूर्वप्रधानमन्त्री सुशीला कार्कीले सरकारी गाडी फिर्ता गरेकी छन्।उनले शुक्रबार दिउँसो गाडी फिर्ता गराएकी हुन्। कार्कीले प्रयोग गर्दै आएको गाडीमा समस्या आइरहेको र अत्यधिक इन्धन लाग्ने देखिएपछि गाडी फिर्ता गरिएको हो।

कार्की प्रधानमन्त्री हुँदाका प्रेस सल्लाहकार राम रावलका अनुसार, अहिले कार्कीसँग कुनै पनि सरकारी गाडी छैन। सर्वोच्च अदालतको प्रधानन्यायाधीश हुँदा पाएको गाडीबारे भने कार्कीले चासो राखेकी छन्।