सांसदहरूलाई प्रशिक्षण दिँदै रास्वपा, अनिवार्य सहभागी हुन निर्देशन

काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभामा पार्टीबाट निर्वाचित सांसदहरूलाई आजदेखि दुईदिने प्रशिक्षण दिँदै छ।

रास्वपाको प्रशिक्षण विभागले पार्टीका सांसदहरूलाई आज र भोलि काठमाडौंमा प्रशिक्षण दिन लागेको प्रशिक्षण विभाग प्रमुख विपिनकुमार आचार्यले जानकारी दिएका छन् ।

आचार्यले पार्टीबाट संसद्मा प्रतिनिधित्व गर्ने प्रतिनिधिसभा सदस्यहरूलाई विविध विषयमा आज र भोलि संसदीय दलको कार्यालय सिंहदरबारमा बिहान ११ बजेदेखि बेलुका ५ बजेसम्म प्रशिक्षण दिइने बताएका छन् ।

प्रशिक्षण कार्यक्रममा सांसदहरूलाई अनिवार्य सहभागिताका लागि रास्वपाले निर्देशन दिएको छ ।