राप्रपाले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ। राप्रपाले आगामी जेठ १ गते बस्नेगरी बैठक बोलाएको हो। प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन कुमार श्रेष्ठले बैठक शुक्रबार बिहान ११ बजे धुम्बाराहीमा बस्ने जानकारी दिएका छन्।

निर्वाचनपछिको परिवर्तित सन्दर्भमा पार्टीको रणनीति तय गर्न, सातवटै प्रदेशको समीक्षा बैठकबाट प्राप्त सुझावबारे छलफल गर्न, केन्द्रीय कार्यसमिति बैठकको मिति तय गर्न लगायत पार्टीको आन्तरिक जीवनसँग सम्बन्धित विषयहरू र समसामयिक परिस्थितिका विविध विषयमा छलफल गर्न बैठक बोलाइएको राप्रपाले जनाएको छ।