सुकुम्वासीको नाममा घर बस्ती भत्काउनु भनेकै नेपाल भत्काउनु हो: हर्क साम्पाङ

काठमाडौं। श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्क साम्पाङले सुकुम्वासीको नाममा घर बस्ती भत्काउनु भनेकै नेपाल भत्काउनु भएको बताएका छन्।

सामाजिक सञ्जाल फेसबुकमा एक पोस्ट सेयर गर्दै उनले घर बस्ती भनेकै नेपाल भएको बताएका छन्।

‘घरबस्ती भनेकै नेपाल हो। सुकुम्वासीको नाममा, बाटोको नाममा, कहिले के कहिले केको नाममा घर बस्ती भत्काउनु भनेकै नेपाल भत्काउनु हो’, साम्पाङले लेखेका छन्।