कांग्रेसको संस्थापन इतर समूहले आज काठमाडौंमा भेला गर्दै

काठमाडौं। नेपाली कांग्रेसको संस्थापन इतर समूहले आज (बुधवार) काठमाडौंमा भेला गर्दै छ। निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का नेतृत्वको समूह बागमती प्रदेशस्तरीय भेला गर्न लागेको हो।

२३ वैशाखमा सम्पन्न समूहको बैठकले बागमती प्रदेशस्तरीय भेला बलाउने निर्णय गरेको थियो।

भेला बबरमहलस्थित कार्की ब्यांक्वेटमा दिउँसो १ बजेबाट सुरु हुने बताइएको छ। यसअघि यो समूहले विराटनगरमा कोशी प्रदेशस्तरीय भेला आयोजना गरेको थियो।