रास्वपाले गठन गर्यो महाधिवेशन आयोजक समिति

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सभापति रवि लामिछानेको संयोजकत्वमा महाधिवेशन आयोजक मूल समारोह समिति गठन गरेको छ।
केन्द्रीय कार्यालय वनस्थलीमा आज बिहान बसेको केन्द्रीय समिति बैठकले लामिछानेको संयोजकत्वमा मूल आयोजक समिति गठन गरेको हो ।
रास्वपाले पार्टी स्थापनाको चौथो वर्ष पुगेको अवसरमा आगामी असार ७, ८ र ९ गते चितवनमा महाधिवेशन गर्ने निर्णय गरेको छ । मूल आयोजक समितिमा हाललाई केन्द्रीय समितिमा रहने छ।
यस्तै, महाधिवेशनलाई व्यवस्थित बनाउन विभिन्न उपसमिति गठन गरिएको छ । उपसमितिको संयोजक तोकिएको छैन। प्रतिनिधि व्यवस्थापन समिति, प्रतिवेदन तथा प्रस्ताव मस्यौदा समिति, प्रचार प्रसार व्यवस्थापन समिति, सूचना तथा प्रविधि व्यवस्थापन समिति,आवास तथा भोजन समिति, स्वास्थ्य तथा प्राथमिक उपचार व्यवस्थापन समिति, सांस्कृतिक कार्यक्रम समिति र अतिथि सत्कार समिति गठन गरेको छ ।
