नवप्रवर्तन मन्त्रालय बनेपछि महावीरले फिर्ता लिए सरकारलाई दिएको श्राप
काठमाडौं । प्रतिनिधिसभा सदस्य महावीर पुनले आफूले लामो समयदेखि उठाएको माग पूरा भएको जनाएका छन् । २ दिन अघि संसद्मा बोलेको र तीन हप्ता अगाडि प्रधानमन्त्रीलाई बुझाएको लिखित माग पूरा भएको उनले उल्लेख गरेका छन् ।
उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘मैले लामो समय देखि गरेको माग पुरा भयो। दुई दिन अगाडी मैले संसद्मा राखेको मागको भिडियो त देख्नु नै भयो होला। त्यो भन्दा तीन हप्ता अगाडी मैले प्रधानमन्त्री ज्यूलाई बुझाएको लिखित माग पनि हेर्नु होला।
अव सो विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रालयलाई दक्षताका साथ कसरी चलाउने भन्ने आइडिया भएका जान्ने सुन्ने देशभक्त वैज्ञानिकहरू र अनुसन्धानकर्ताहरू छलफल गर्न आउनुहोस् भन्ने अनुरोध गर्दछु। नेपाल सरकारलाई धेरै धेरै धन्यवाद तथा दीर्घायुको कामना गर्दछु। साथै मैले रिसको झोँकमा नेताहरूलाई दिएको श्राप पनि फिर्ता गर्दछु।
पुनले प्रधानमन्त्रीलाई छुट्टै विज्ञान प्रविधि, अनुसन्धान तथा नवप्रवर्तन मन्त्रालय गठन गर्न माग गरेका थिए । उनको यो मागअनुसार सरकारले छुट्टै मन्त्रालय गठन गरेको हो।

