ह्वात्तै घट्यो सुनको मूल्य,प्रति ताेला कति ?
काठमाडौं । नेपाली बजारमा सुनको सुनचाँदीको मूल्य घटेको छ । बिहीबारको तुलनामा शुक्रबार छापावाल सुनको मूल्य प्रतितोलामा ४ हजार रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
योसँग शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९८ हजार ५०० रुपैयाँ कायम भएको छ ।
बिहीबार ३०० रुपैयाँले बढेर प्रतितोला ३ लाख २ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो भने बुधबार सुनको मूल्य ३ लाख २ हजार २०० रुपैयाँ थियो ।
यस्तै, शुक्रबार चाँदीको मूल्य तोलामा ३५५ रुपैयाँले घटेर प्रतितोला ५ हजार ३९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बिहीबार बिहीबार चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले बढेर प्रतितोला ५ हजार ७४५ रुपैयाँमा कारोबार भएको थियो भने बुधबार चाँदीको मूल्य प्रतितोला ५ हजार ७१० रुपैयाँ थियो ।
