जेनजीले बहिष्कार गर्यो संविधान संशोधन छलफल

काठमाडौं । जेनजी आन्दोलनका अगुवाहरूले सरकारले आह्वान गरेको संविधान संशोधन सम्बन्धी छलफललाई बहिष्कार गरेका छन् । उनीहरूले सरकार एकलौटी तथा अपारदर्शी ढङ्गले अघि बढेको भन्दै छलफलमा सहभागी नहुने घोषणा गरेका हुन् । उनीहरूले आज बोलाइएको छलफलमा सहभागी नहुने घोषणा गरेका हुन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गतको संविधान संशोधन बहस पत्र तयार गर्ने कार्यदलले वैशाख ३० गते पत्र पठाएर उनीहरूलाई संविधान संशोधन विषयक छलफलका लागि बोलाएको थियो । । तर, जेठ १ गते संयुक्त वक्तव्य जारी गर्दै २५ जना आन्दोलनकारी तथा अधिकारकर्मीहरूले उक्त छलफलमा सहभागी नहुने बताएका हुन् ।

छलफल बहिष्कारका मुख्य कारण आन्दोलनकारीहरूले सरकारको कार्यशैलीप्रति गम्भीर असन्तुष्टि जनाउँदै छलफलमा नजाने बताएका हुन् । उनीहरूले जेनजी आन्दोलनमा सहभागी भएकै कारण सयौँले झुट्ठा मुद्दा खेपिरहेको बताएका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘नेपाल सरकारसँग २०८२ मङ्सिर २४ मा भएको १० बुँदे सम्झौता अझै कार्यान्वयन भएको छैन । जेनजी आन्दोलन छानबिन गर्न बनेको गौरीबहादुर कार्की आयोगको प्रतिवेदन औपचारिक रूपमा सार्वजनिक र कार्यान्वयन हुन सकेको छैन ।

सम्झौताको धारा ५ मा संविधान संशोधन सुझाव आयोग गठन गरिने व्यवस्था भए पनि सरकारले त्यसलाई बेवास्ता गर्दै एकलौटी रूपमा बहस पत्र कार्यदल बनाएको उनीहरूको आरोप छ ।

संयुक्त वक्तव्य