सरकारले मानव तस्करमा संलग्न गिरोहलाई तत्काल पक्राउ गरी कारबाही गर्नुपर्छ: खुस्बु ओली

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक एवं सांसद खुस्बु ओलीले मानव तस्करमा संलग्न गिरोहलाई तत्काल पक्राउ गरी कारबाही गर्न सरकारसँग माग गरेकी छन्।

आज (सोमबार) प्रतिनिधिसभा बैठकमा आकस्मिक समय लिएर बोल्दै उनले यस्तो माग गरेकी हुन्। उनले कुवेत लगायतका मुलुकहरूमा नेपाली मानव तस्करहरूले १० देखि १२ लाखमा नेपाली महिलालाई वैदेशिक रोजगारीको नाममा बेच्ने गरेको बताइन्।

उनले त्यस्ता गिरोहमाथि तत्काल पक्राउ गरी कारबाही गर्न सरकारसँग माग गरिन्।