सरकारले सुकुम्बासीलाई लालपुर्जा दिने काम सुरु गर्यो,बर्दियाका २९ जनालाई लालपुर्जा वितरण
काठमाडौं। सरकारले सुकुम्बासीलाई जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) वितरण गर्न सुरु गरेको छ । सरकारले बर्दियाको बढैयाताल गाउँपालिकाबाट भूमिहीन सुकुम्बासीलाई लालपुर्जा वितरण गर्न सुरु गरेको हो।
सुरुवातमा सरकारले बढैयाताल गाउँपालिका-४ का २९ जना दलित तथा भूमिहीन सुकुम्बासीलाई लालपुर्जा वितरण गरेको छ।
योसँगै अब भूमिहीन दलित,भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या दीर्घकालीन रुपमा समाधान गर्ने कामलाई सरकारले उच्च प्राथमिकताका साथ अघि बढाउने भूमि व्यवस्था, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले बताएकी छिन्।
उनले अब सरकारले वास्तविक भूमिहीन सुकुम्बासीको पहिचान गर्दै लालपुर्जा वितरण गरेर वास्तविक भूमिहीन नागरिकलाई जग्गाको कानूनी स्वामित्व दिलाउने कार्यलाई तिव्रता दिइने पनि बताएकी छिन्।
