नक्कली नोट छाप्ने प्रिन्टर र कम्प्युटरसहित दुई जना पक्राउ
काठमाडौं । रुपन्देहीमा नक्कली नोट छाप्ने काममा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। लुम्बिनी सांस्कृतिक नगरपालिकाबाट नक्कली नोट छाप्ने कम्प्युटर र प्रिन्टरसहित बिहीबार दुई जनालाई पक्राउ गरेको रुपन्देही प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा भारत ककरहवा सिद्धार्थनगर नौगढका ३८ वर्षीय अब्दुल हमिद र लुम्बिनी सांस्कृतिक नगरपालिका– ११ मसिनाका बिक्की भनिने २२ वर्षीय अनिल पासी रहेको प्रहरीले जनाएको छ।
उनीहरूबाट ठूलो मात्रामा नक्कली १००, ५०० र १००० का नेपाली नोट, कम्प्युटर, प्रिन्टरसमेत अन्य सामग्री बरामत भएको प्रहरीले जनाएको छ।
