बाजुरामा बस्तीमा पस्यो बाढी, १३ परिवारको उद्धार
काठमाडौं । बाजुराको बडिमालिका नगरपालिका-९ को सेलागाड खोला र बाउली खोलाको दोभान नजिकैबाट बाढी बस्तीमा पसेको छ । बाढी बस्तीमा पसेपछि जोखिममा परेका १३ परिवारलाई सुरक्षित स्थानमा सारिएको छ।
बिहीबार राति नै जोखिममा परेका घरका सामानसहित उद्धार गरेर सुरक्षित स्थानमा राखिएको हो। उनीहरूलाई तत्काल नजिकै सुरक्षित अवस्थामा रहेका स्थानीयकै घरमा राखिएको छ।
१३ मध्ये तीन घर भने बाढीको उच्च जोखिममा छन् । जिल्ला विपद् व्यवस्थापन समितिले सार्वजनिक गरेको ‘विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना २०८३’ अनुसार बाजुरामा १०० बढी गाउँ बाढी पहिरोको उच्च जोखिममा छन्।
