काभा महिला भलिबल च्याम्पियनसिपस् नेपालले आज किर्गिस्तानसँग खेल्ने

काठमाडौं । घरेलु कोर्टमा भइरहेको काभा महिला भलिबल च्याम्पियनसिप अन्तर्गत समूह ए को दोस्रो खेलमा नेपालले आज किर्गिस्तानसँग खेल्दैछ।

पहिलो खेलमा चिरपरिचित प्रतिद्वन्द्वी भारतसँग पाँच सेटको प्रतिस्पर्धात्मक खेलमा पराजित भएको नेपाल पहिलो जित हात पार्ने लक्ष्यमा छ। सेमिफाइनल सम्भावना बलियो बनाउन नेपालले किर्गिस्तानलाई हराउनुपर्नेछ।

पहिलो खेलमा माल्दिभ्सलाई सोझो सेटमा पराजित गर्दै कीर्गिस्तानले ३ अंक जोडेको छ। समूह ए मा किर्गिस्तान ३ अंकसहित शीर्ष स्थानमा छ। भारतको २ र नेपालको १ अंक छ भने माल्दिभ्स अंकविहीन छ।

नेपाल र किर्गिस्तानबीचको खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कभर्डहलमा साँझ ५ बजे सुरु हुनेछ । त्यसअघि समूह ए मा रहेका भारत र माल्दिभ्सबीच दिउँसो साढे २ बजे खेल हुनेछ।