एसियन गेम क्वालिफायर: कप्तानबाट हटे रोहित, दीपेन्द्रको नेतृत्वमा टोली घोषणा

काठमाडौं। एसियन गेम क्वालिफायरका लागि नेपाल क्रिकेट संघ ९क्यान०ले नयाँ कप्तान तोकेको छ। क्यानले रोहित पौडेललाई कप्तानबाट हटाएर दीपेन्द्र सिंह ऐरीको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको हो।

टोलीमा दीपेन्द्र कप्तान भए पनि रोहित पनि छन्। उनीहरुबाहेक कुशल भुर्तेल, आसिफ शेख, सन्दीप जोरा, कुशल मल्ल, लोकेश बम, सोमपाल कामी, सन्दीप लामिछाने, शेर मल्ल, नन्दन यादव, आरिफ शेख, करण केसी र साहव आलम रहेका छन्।

एसियन गेम्स क्वालिफायर एक हप्तापछि अर्थात् मे ३१ देखि जुन ९ सम्म सिंगापुरमा हुँदै छ। नेपालले मे ३१ बिहान ७ः १५ बजे चीनसँग, जुन २ मा कतारसँग, जुन ४ मा मलेसियासँग खेल्नेछ। क्वालिफायरमा नेपालसँगै चीन, मलेसिया र कतार छन्। अर्को समूहमा सिंगापुर, ओमान, हङकङ र बहरेन छन्।