श्रीकृष्ण मृत्यु प्रकरण-एसपीसहित १० प्रहरीलाई कारबाही सिफारिस

काठमाडौं । सिन्धुली प्रहरीको हिरासत कक्षमा थुनुवाको मृत्यु भएको घटनामा १० जना प्रहरीलाई कारबाही सिफारिस भएको छ ।

बलात्कार आरोप मुद्दामा पक्राउ परेर खुर्कोट प्रहरीको हिरासत कक्षमा हरको सिन्धुलीकै सुनकोशी गाउँपालिका ३ जुम्लीडाँडाका २३ वर्षीय श्रीकृष्ण विकको मृत्यु भएको थियो ।

यो घटनाको छानबिन गर्न प्रहरी नायव महानिरीक्षक दिनेश कुमार आचार्य नेतृत्वको छानबिन समितिले प्रहरी उपरीक्षक ९एसपी० लालध्वज सुवेदीदेखि प्रहरी जवानसम्म १० जनालाई कारबाहीको लागि सिफारिस गरेको प्रहरीका केन्द्रीय प्रवक्ता अभिनारायण काफ्लेले जानकारी दिए ।

जसमध्ये १ जनालाई सचेत गराउने, २ जनालाई ध्यानाकर्षण गराउने, ५ जनालाई सख्त चेतावनी सहित जिम्मेवारीबाट अलग गर्ने, १ जनालाई नसिहत र १ जनालाई ग्रेड घटुवा गर्न समितिले सिफारिस गरेको छ।

साथै समितिले हिरासतमा रहेका व्यक्तिको जीवन सुरक्षालाई उच्च प्राथमिकतामा राखी कार्य गर्न, हिरासत व्यवस्थापन कार्य निर्देशन, २०८१ को पूर्ण कार्यान्वयन र कार्य सुनिश्चितता गर्ने डिउटीका समयमा अन्य काममा संलग्न नहुने तथा नियमित निगरानी सुनिश्चित गर्न पनि सुझाव दिएको छ।