प्रहरीका १३ जना डिएसपीलाई एसपीमा बढुवा गर्न सिफारिस

काठमाडौं। नेपाल प्रहरीको जनपद र प्राविधिक समूहका १३ जना प्रहरी नायव उपरीक्षक (डिएसपी)हरूलाई प्रहरी उपरीक्षक ९एसपी० पदमा बढुवाका लागि सिफारिस गरिएको छ।

प्रहरी प्रधान कार्यालय, बढुवा समितिको सचिवालयको बुधबार बसेको बैठकको निर्णयअनुसार बढुवा सिफारिस सूची सार्वजनिक गरिएको हो।

समितिको निर्णयअनुसार डिएसपी ध्रुव कुमार श्रेष्ठलाई एसपी पदमा बढुवाका लागि सिफारिस गरिएको छ।

त्यसैगरी, प्राविधिकतर्फ स्वास्थ्य र इन्जिनियरिङ समूहका १२ जना डिएसपीहरू बढुवा सिफारिसमा परेका छन्। स्वास्थ्य (चिकित्सक) उप-समूहतर्फ ९ जनालाई एसपीमा बढुवा गर्न सिफारिस गरिएको छ। जसमा डा.शोभा वाग्ले, डा. सरोज सिंह, डा. बिकल श्रेष्ठ, डा.बोध विक्रम कार्की, डा.निर्मल घिमिरे, डा.नर्मन लामिछाने, डा.दिपा चुडाल, डा.सुवास थापा र डा.भवानी गुरुङ रहेका छन्।

यस्तै, प्राविधिक (इन्जिनियरिङ) समूह अन्तर्गतको सूचना प्रविधि उप(समूहतर्फ डिएसपीहरू ई.राम कुमार बस्नेत, सुनिल कुमार बरनवाल र राइज महर्जनलाई पनि एसपीमा बढुवा गर्न सिफारिस गरिएको छ।

प्रहरी नियमावली २०७१ को नियम २७ को उप-नियम (४)बमोजिम गरिएको यो सिफारिस सूचीलाई बढुवा समितिका सदस्य-सचिव एवं प्रहरी अतिरिक्त महानिरीक्षक राजन अधिकारीले जानकारी दिए।