सामुदायिक स्कुलमा विद्यार्थीको आकर्षण बढ्दै,निजीमा भर्नादर घट्यो ?

काठमाडौं। सामुदायिक विद्यालयमा गुणस्तरीय शिक्षा छैन, त्यसैले निजीमा पढाउनुपर्छ’ भन्ने भाष्य विस्तारै परिवर्तन भइरहेको छ। किनभने पछिल्लो समय निजी विद्यालयमा भन्दा बढी सामुदायिक विद्यालयमा आकर्षण बढ्दै गएको सरकारी तथ्यांकले देखाएको छ।

हिजो (बुधबार) अर्थमन्त्री स्वार्णीम वाग्लेले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को आर्थिक सर्वेक्षण अनुसार शैक्षिक सत्र २०८२ मा ६२.२ प्रतिशत विद्यार्थी सामुदायिक विद्यालय र ३७.८ प्रतिशत विद्यार्थी संस्थागत विद्यालयमा अध्ययरत छन्।

शैक्षिक सत्र २०८१ मा ६६.७ प्रतिशत विद्यार्थी सामुदायिक विद्यालय र ३३.३ प्रतिशत विद्यार्थी संस्थागत विद्यालयमा अध्ययनरत थिए। कुल विद्यालयमध्ये ७५.१ प्रतिशत सामुदायिक विद्यालय छन्।

विद्यालय तहमा अध्ययनरत विद्यार्थीको सङ्ख्या ०.४ प्रतिशतले बढेको छ। शैक्षिक सत्र २०८१ मा ७० लाख १० हजार ८०८ विद्यार्थी विद्यालय तहमा अध्ययनरत रहेकोमा शैक्षिक सत्र २०८२ मा उक्त तहमा ७० लाख ४० हजार ८०२५ पुगेका छन्।

 विद्यालय तहमा अध्ययनरत छात्रको सङ्ख्या छात्राको भन्दा धेरै रहेको छ। शैक्षिक सत्र २०८२ मा सामुदायिक तथा संस्थागत विद्यालय ९कक्षा १(१२० मा अध्ययनरत कुल विद्यार्थीमध्ये छात्र ५२.५ प्रतिशत र छात्रा ४७।५ प्रतिशत रहेका छन्।

कुल विद्यार्थीमध्ये आधारभूत तह (कक्षा १-५) मा ५०.५ प्रतिशत, आधारभूत तह ९कक्षा ६-८० मा २५.८ प्रतिशत, माध्यमिक तह (कक्षा ९-१०) मा १३.८ प्रतिशत र माध्यमिक तह (कक्षा ११-१२) मा ९.९ प्रतिशत विद्यार्थी अध्ययरत छन्। गत शैक्षिक सत्रमा तहगत विद्यार्थी सङ्ख्या क्रमशः ५०.१२ प्रतिशत, २६.१३ प्रतिशत, १४.१२ प्रतिशत र ९.६१ प्रतिशत रहेका थिए।

‘शैक्षिक सत्र २०८२ मा कुल विद्यालयको ७५.३ प्रतिशत सामुदायिक विद्यालय र २४.७ प्रतिशत संस्थागत विद्यालय रहेका छन् भने ६२.२ प्रतिशत विद्यार्थी सामुदायिक विद्यालयमा र ३७.८ प्रतिशत विद्यार्थी संस्थागत विद्यालयमा अध्ययनरत छन्। तह बढ्‌दै जाँदा संस्थागत विद्यालयमा विद्यार्थी भर्ना प्रतिशत घट्दै गएको छ’,आर्थिक सर्वेक्षणमा उल्लखे छ।

पछिल्लो समय विद्यालय व्यवस्थापन, नेतृत्व, लगानी र गुणस्तर वृद्धिका लागि भएका विभिन्न प्रयासका कारण सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढ्दै गएको आर्थिक सर्वेक्षणमा उल्लेख छ।

आर्थिक सर्वेक्षण अनुसार सामुदायिक विद्यालयमध्ये रूपन्देही जिल्लास्थित कालिका मानवज्ञान माध्यमिक विद्यालयमा सबैभन्दा बढी ८ हजार २३९ विद्यार्थी अध्ययनरत रहेका छन्।

कुन सामुदायिक विद्यालयमा कति विद्यार्थी

मानवज्ञान विद्यालयपछि दोस्रोमा बढी विद्यार्थी रहेको सामुदायिक विद्यालय शान्ति नमुना मावि रहेको छ। रूपन्देही तिलोत्तमा नगरपालिका स्थित उक्त विद्यालयमा ७ हजार १२० विद्यार्थी रहेका छन्।

धनुषाको विदेह नगरपालिकाको जनता नमुना माविमा ६ हजार २६६ जना, रूपन्देहीको बुटुवल उपमहानगरपालिकाको कान्ति माविमा ६ हजार ३४ जना विद्यार्थी, सोही उपमहानगरपालिका नवीन औद्योगिक कदरबहादुर रिता माविमा पाँच हजार ३४० विद्यार्थी छन्।

काठमाडौँको ज्ञानोदय माविमा चार हजार ७ सय ४६,मोरङको सुन्दर हरैचा नगरपालिकाको सुकुना माविमा चार हजार ६४२, काठमाडौंको विश्व निकेतन माविमा चार हजार ३०१ विद्यार्थी रहेको सर्वेक्षणमा उल्लेख छ।

भक्तपुरको वागिश्वरी माविमा चार हजार १८५ जना विद्यार्थी र कपिल वस्तुको शिवराज नगरपालिका नेपाल आदर्श माविमा चार हजार ११४ जना विद्यार्थी रहेको सर्वेक्षणमा उल्लेख छ।