काभा महिला भलिबलः नेपाल इरानसँग पराजित,तेस्रो स्थानका लागि भारतसँग खेल्ने

काठमाडौं । काभा महिला भलिबल च्याम्पियनशिपको दोस्रो सेमिफाइनलमा नेपाल इरानसँग पराजित भएको छ।त्रिपुरेश्वरको दशरथ रङ्गशाला कभर्डहलमा आज भएको खेलमा नेपाल इरानसँग ३–० को सोझो सेटमा पराजित भयो । इरानले पहिलो सेट २५-२०, दोस्रो सेट २५-१५ र तेस्रो सेट २५-११ ले जित्यो।

अब इरानले उपाधिका लागि फाइनलमा भोलि काजकिस्तानसँग खेल्नेछ। आज भएको पहिलो सेमिफाइनलमा भारतलाई सोझो सेटमा हराउँदै काजकिस्तान फाइनलमा पुगेको हो। यस्तै नेपालले तेस्रो स्थानका लागि भोलि नै भारतसँग खेल्नेछ।