एशियन गेम्स पुरुष क्रिकेटको क्वालिफायर्समा नेपालको विजयी शुरुवात

काठमाडौं । नेपालले चीनविरुद्ध फराकिलो अन्तरको जित निकालेको छ । एशियन गेम्सको पुरुष क्रिकेटतर्फको क्वालिफायर्स अन्तर्गतको आइतबार सम्पन्न खेलमा नेपालले चीनलाई २२१ रन अन्तरले पराजित गरेको हो ।

नेपालले दिएको ३१४ रनको विशाल लक्ष्य पछाएको चीनले १९.२ ओभरमा ९२ रन बनाएर अल आउट भएको थियो ।

यसअघि टस हारेर पहिला ब्याटिङ गरेको नेपालले २० ओभरमा २ विकेट गुमाएर ३-३ रन बनाएको थियो । नेपालका लागि कुशल भुर्तेलले १२९ रनको शतकीय पारी खेलेका थिए । भुर्तेलले ४३ बलमा १२९ रन बनाएका थिए।

त्यस्तै कुशल मल्लले ४७ बलमा अविजित ८५ रन बनाए भने रोहित पौडेलले २१ बलमा अविजित ६९ रन बनाएका थिए । त्यस्तै आसिफ सेख ११ रन बनाएर आउट भएका थिए ।

यो टी-२० अन्तराष्ट्रिय क्रिकेटमा बनेको तेस्रो ठुलो टोटल हो । यसअघि जिम्बाबेले गाम्बियाविरुद्ध ३४४ रन बनाएको थियो भने नेपालले मंगोलियाविरुद्ध ३१४ रन बनाएको थियो ।

यो जितपछि अब नेपालले अर्को खेल जुन २ मा कतारसँग र जुन ४ मा मलेसियासँग खेल्ने तालिका रहेको छ । टी-२० फर्म्याटमा खेलिने यस प्रतियोगितामा सेमिफाइनलमा पुग्ने चार देश एशियन गेम्समा छनौट हुने एसियन क्रिकेट काउन्सिलले जनाएको छ।

एशियन गेम्समा कुल १० देशले भाग लिँदै छन्। जसमा जापान आयोजकको रूपमा सहभागी हुदैछन् भने आइसीसीका पूर्ण सदस्य भारत, पाकिस्तान, श्रीलङ्का, बङ्गलादेश र अफगानिस्तान स्वत छनौट भएका छन्।