सुनको मूल्यमा भारी वृद्धि,प्रति तोला कति ?

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज तोलामा २० हजार ५ सय रुपैयाँले बढेको छ । शनिवार प्रतितोला २ लाख ९० हजार ६ सय रुपैयाँमा कारोबार भएको सुन आइतबार २० हजार ५ सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मूल्य तोलामा तीन लाख ११ हजार एक सय रुपैयाँ पुगेको छ ।

त्यस्तै, आज चाँदी प्रतितोला ५ हजार ३४५ रुपैयाँ मूल्यमा कारोबार भइरहेको छ ।