प्रहरीका ३३ एसएसपीको सरुवा,को कहाँ पुगे (सूचीसहित)
काठमाडौं । गृहमन्त्रालयले जिल्ला प्रहरी परिसर काठमाडौं, ललितपुरका प्रमुखसहित ३३ एसएसपीको सरुवा गरेको छ।सोमबार गृहमन्त्रीस्तरीय निर्णयका आधारमा एसएसपीको सरुवा भएको हो।
काठमाडौं परिसरको एसएसपीमा दिलीप घिमिरे र ललितपुर परिसरमा तुलबहादुर कार्की सरुवा भएका छन्। उपत्यका ट्राफिक प्रहरी कार्यालयको प्रमुखमा शान्तिराज कोइरालाको सरुवा भएको छ।
त्यसैगरी शिवकुमार श्रेष्ठ कोशी प्रदेश तालिम केन्द्र बिराटनगर,प्रज्वल महर्जन मधेश प्रदेश तालिम केन्द्र धनुषा, वीरबहादुर बुढामगर बागमती प्रदेश तालिम केन्द्र दुधौली सिन्धुली, संजयसिंह थापा गण्डकी प्रदेश तालिम केन्द्र पोखरा, दयानिधि ज्ञवाली लुम्बिनी प्रदेश तालिम केन्द्र रुपन्देही र प्रवीण धिताल सुदूरपश्चिम प्रदेश तालिम केन्द्र डोटी सरुवा भएका छन्।
को कहाँ सरुवा भए



