हर्क साम्पाङ मोटरसाइकल दुर्घटनामा परी घाइते, स्वास्थ्य अवस्था सामान्य

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ मोटरसाइकल दुर्घटनामा परी घाइते भएका छन् ।

हिजो बिहीबार दुर्घटनामा परेका अध्यक्ष हर्क साम्पाङ सामान्य चोटपटक मात्र लागेको पार्टी नेता सुदन किरातीले जानकारी दिएका छन् ।

उनको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको र उनी नियमित दैनिकीमा सक्रिय रहने किरातीले बताएका छन् । किरातीले पार्टी पङ्क्ति तथा शुभेच्छुकहरूलाई अत्यधिक चिन्ता नलिन अनुरोध गर्दै अध्यक्षको शीघ्र पूर्ण स्वास्थ्य लाभको कामना गरेका छन् ।