आई.एन.एफ.(INF) नेपाल बाजुरा शाखाले गर्यो एक बर्षको सामाजिक लेखा परिक्षण, नमूना कार्यको लागि सरोकारवालाबाट प्रशंसा

आई.एन.एफ. (INF) नेपाल बाजुरा शाखाले एक बर्षको सामाजिक लेखा परिक्षण सम्पन्न गरेकोछ । आई.एन.एफ.(INF) नेपाल बाजुरा शाखाले बाजुरा जिल्लाको हिमाली गाउँ पालिकामा आ.व.२०८२÷०८३ मा संचालित “उत्थानशील समावेशी दिगो विकास र सशक्तिकरण (RISE ) परियोजना” अन्तरगत सम्पन्न भएका कार्यक्रमहरुको जेष्ठ २६ गते सामाजिक लेखा परिक्षण गरेकोछ ।

उक्त संस्थाले हिमाली गाउँ पालिकाको वडा नंं. १ देखि ७ सम्म संचालन गरेर सम्पन्न भएका कार्यक्रमको सामाजिक लेखा परिक्षण गराएको हो। हिमाली गाउँ पालिकाको सभा हलमा मंगलबार सम्पन्न भएको लेखा परिक्षण कार्यक्रमको अध्यक्षता आई.एन.एफ  (INF) नेपाल बाजुरा शाखाका संयोजक खेमराज मिश्रले गर्नु भएको थियो भने हिमाली गाउँ पालिकाका उपाध्यक्ष राजकला सार्की प्रमुख अतिथि, प्रमुख प्रशासकीय अधिकृत कुल ब.थापा र वडा नंं. १ देखि ७ का वडा अध्यक्ष विशिष्ट अतिथि रहेको लेखा परिक्षण कार्यक्रममा विषयगत शाखाका शाखा प्रमुख, लक्षित वर्ग, समुदाय, समुहका प्रतिनिधी, नागरिक समाज र पत्रकारको सहभागिता रहेको थियो ।

उक्त कार्यक्ममा २६ पुरुष र २४ महिला गरि ५० जनाको सहभागीता रहेको थियो । उक्त सामाजिक लेखा परिक्षण कार्यक्रमको सहजिकरण र प्रशिक्षण रेडियो शिम्भुनाथका अध्यक्ष सर्पलाल गिरीले गर्नु भएको थियो। आई.एन.एफ.(INF) नेपाल बाजुरा शाखाले “उत्थानशील समावेशी दिगो विकास र सशक्तिकरण(RISE ) परियोजना” अन्तरगत हिमाली गाउँ पालिकामा भौतिक पूर्वाधार, खानेपानी, व्यावसायिक कृर्षी, पशुपालन, वातावरण, जिविकोपार्जन, सीपमूलक तालिम, लैङ्गिक सवाल, समावेशी, अपाङ्गता, सिंचाई, शिक्षा र स्वास्थ्य क्षेत्रमा काम गरेकोछ।

आ.व. २०८२÷०८३ मा हिमाली गाउँ पालिकामा विनियोजित १ करोड १८ लाख ८९ हजार ६ सय ८७ बजेटमा १ करोड ४९ लाख ८९ हजार ६ सय ८७ रकम कार्यक्रम संचालन गरेर खर्च गरेकोछ। उक्त संस्थाद्धारा संचालित “उत्थानशील समावेशी दिगो विकास र सशक्तिकरण (RISE) परियोजना” ले हिमाली गाउँ पालिकाको वडा नं. १ देखि ७ सम्म ७४ वटा कृषक समुह, १८ वटा सामुदायिक वन उपभोक्ता समिति र ५ वटा खानेपानी समुह गरि ९७ वटा समुहहरुसंग काम गर्दै आइरहेकोछ।

यो परियोजनाको मुख्य लक्षित वर्ग दलित, महिला, अपाङ्गता, एक महिला, जनजाति र आर्थिक रुपले पछाडि पारिएको विपन्न वर्ग र समुदायमा काम गर्दै आएकोछ। यो बर्ष मात्रै उक्त संस्थाले जलवायु मैत्री कृर्षी प्रवृधि व्यवसायिक तरकारी खेती तालिम र कृषी सामग्री ५० जनालाई दिएकोछ।

सिंचाई कुलो वडा नं. ४, ५, ६ र ७ मा ४ वटा निर्माण गरेकोछ । त्यसै गरि वडा नं. ४, ६ र ७ मा नमुना कृषी फार्मका ६० जनालाई कृषी सामग्री वितरण गरेकोछ। ७ वटा समुहलाई भुस उडाउने मेसिन, ५० जनालाई कृषकलाई तालिम र ड्रम, ३८ जनालायृ व्यावसायिक बाख्रा पालन तालिम, १५ जनालाई सीपमुलक दक्ष मिस्त्री तालिम र सामग्री वितरण २८६ परिवारलाई सुधारिएको चुलो वितरण, ४ वटा विद्यालय, २ वटा वडा कार्यालय र १ प्रहरी चौकीलाई खोज ताथ उद्धार सामग्री वितरण, सुख्खा खडेरीमा खानेपानी संकलन गर्न रिचार्ज ट्याँङ्की, वडा नं. ४ र ७ मा खानेपानीको धारा निर्माण, व्यावसायिक कुखुरा पालन, पशु स्वास्थ्य शिविर, दीगो वन व्यवस्थापन, वातावरण सम्बनधी सम्पन्न गरेकोछ। उक्त सँस्था र परियोजनाबाट संचालित बार्षिक ६९५ जनालाई सेवा दिएर लाभग्रही बनाउने लक्ष्य रहेकोमा १०६६ जना लाभग्राही लाभान्वित भएका छन ।

उक्त संस्थाले गरेको कार्यक्रमबाट हिमाली गाउँपालिकाका जनप्रतिनिधी, सेवाग्रही लक्षित वर्ग र समुहका सहभागीले मुक्त कण्ठले प्रशंसा गर्दै राम्रो काम, सम्बन्ध र समन्वय गरेको बताए ।

आई.एन.एफ.(INF) नेपाल बाजुराले प्रत्येक बर्ष सरोकारवाला निकाय र प्रतिनिधीहरुबाट अनुमोदन हुने गरि सामाजिक लेखा परिक्षण गर्दै आएको कुरा जिल्ला संयोजक खेमराज मिश्रले बताउनु भयो ।

सामाजिक लेखा परिक्षण गर्नु भनेको सुशासन, जवाफदेहिता र पारदर्शिताको नमुना हो । समुदायमा गरेका सामाजिक सरोकारका विषयमा गरेका कार्यहरुको समिक्षात्मक मुल्यांकन गर्नु नैं सामाजिक लेखा परिक्षण (Social Aurdit) भनिन्छ । भए गरेका कामहरुको विषयमा सरोकारवाला निकायबाट र सेवाग्राहीहरुमा के कति लाभ, असर, प्रभाव र पारदर्शि भयो त्यसको लेखाजोखा गर्न सामाजिक लेखा परिक्षण गरिन्छ । सामाजिक लेखा परिक्षणले सुुशासन, जवाफदेहिता, पारदर्शिता र जिम्मेवारी बनाउँछ । सामाजिक लेखा परिक्षण भनेको पारदर्शि ऐना जस्तै हो ।

आई.एन.एफ.(INF) नेपाल बाजुराले संचालन गरेका कार्यक्रम र सामाजिक लेखा परिक्षण गर्ने कार्य नमूना, प्रशंसनिय र राम्रो काम गरेको जनप्रतिनिधीले बताएका छन । लक्षित बर्ग, एकल महिला, दलित, जनजाति, अपाङ्गता, शिक्षा, स्वास्थ्य, बन, वातावराण्, खानेपानी ,सिंचाई देखि जनचेतना र पैरवीको काम गर्दै हिमाली गाउँ पालिकाको सम्बृधी र विकासमा महत्वपूर्ण हालेमालो र सहयोग गरेको कुरा गाउँ पालिका उपाध्यक्ष एवं कार्यक्रमको प्रमुख अतिथि राजकला सार्कीले बताउनु भयो ।

उक्त संस्थाले गरेको सामाजिक लेखा परिक्षणबाट सरकारी र गैसस सबैले सुशासन, जवाफदेहिता र पारदर्शिता कायम गर्न सिकाई गरि लागु गनुपर्नेमा पत्रकार नारायण दत्त उपाध्याय बताउँछन । उक्त सँस्थाबाट गैसस र सरकारी कार्यालयले अनिवार्य रुपमा सामाजिक लेखा परिक्षण गनुपर्ने जोड पत्रकार सन्तोष प्रसाद जैशी बताउँछन ।

सामाजिक लेखा परिक्षण गर्नुको मुख्य उद्देश्यहरुः आई एन एफ नेपाल र परियोजनाको बारेमा सरोकारवाला सहभागीहरुलाई जानकारी गराउने, संचालित र सम्पन्न भएका वार्षिक कार्यक्रमको सामाजिक लेखा परिक्षण, परियोजना सल्लाहकार समितिको बैठक तथा बार्षिक समिक्षा गर्ने, बर्ष भरि गरेका कार्यक्रमहरुको समिक्षात्मक, प्रक्रियागत सुझाव, सल्लाह तथा राय संकलन गर्न, संचालन गरेका कार्यक्रमको पारदर्शिता, जवाफदेहिता र सुशाशसनको बारेमा जानकारी प्राप्त गरि संस्थालाई अनुशरण गर्न पहल गर्ने, चालु कार्यक्रमबाट सुझाव संकलन गरि आगामी दिनमा संचालन गर्न कार्यक्रम प्रभावकारी बनाउने रहको उक्त सँस्थाका जिल्ला संयोजक खेमराज मिश्र बताउनुहुन्छ ।

कार्यक्रमबाट आएका सकारात्मक सुझावहरु:
(INF) बाजुराले हिमाली गाउँ पालिकामा संचालन गरेकाकार्यक्रमबाट लक्षित बर्ग र सेवाग्राहीहरु सन्तुुष्ट भएको भनाईहरुबाट पाइएकोछ ।
स्थानीय निकाय, राजनीतिकदल र समुदायसंग निरन्तरसम्बन्ध, समन्वय र सहकार्य भएको पाइएको छ ।

कार्यक्रमले सबै वडा समेटेको छ।

कार्यक्रम समावेशी, समानुपातिक र सहभागीतामूलक भएको छ।

कार्यक्रमले लक्षित बर्गलाई समेटेको छ।

संचालित कार्यक्रम लक्ष्य भन्दा पनि बढी खर्च र कार्यक्रम प्रगति भएको छ।

कार्यक्रमले स्वास्थ्य, जिविकोपार्जन,महिला, अपांगको क्षेत्रमा काम गरेकोछ।

कार्यक्रम संचालन गर्दा स्थानीय निकाय, जनप्रतिनिधी, राजनीतिकदल र जनसमुदायमा राम्रो सम्बन्ध र समन्वय गरेको छ।

कार्यक्रम समयमा संचालन भएर समयमा सामाजिक लेखा परिक्षण भएको छ।

सामाजिक लेखा परिक्षणमा बाबु लवासुर टिमी, सुदरून्यज २४ र रेडियो शिम्भुनाथले प्रत्यक्ष प्रशारण र मिडिया प्रचार भएको।संचारक्षेत्र र संचारकर्मिबाट गरिएको कार्यक्रम थप प्रभावकारी भएको।

संस्थाले भौगोलिक विकटता भएपनि नियमित काम संचालन राम्रो गरेको छ।

(INF)बाजुराले हिमाली गाउँ पालिकामा संचालन गरेको कार्यक्रमको हिमाली गाउँ पालिका रजनप्रतिनिधीबाट समन्वय, सिफारिस र सहकार्य गर्ने सकारात्मक प्रतिवद्घता जाहेर भएको छ।

सस्थाले सुधार गनुपर्ने सुझावहरु

 सहभागी र सरोकारवालाबाट आएका सुझावलाई आगामी कार्यक्रममा समेटिनु पर्ने ।

 प्रगति प्रतिवेदनको सम्पुर्ण जानकारी वडा कार्यालय र गाउँ पालिकालाई दिनु पर्ने ।

 ठाउँ र आवश्यकता अनुसार समुह गठन गर्नु पर्ने ।

 आगामि आर्थिक वर्षमा गरिने क्रियाकलापको समुहको विवरण दस्तावेज अगाडि नै प्रश्तुत गर्नु पर्ने ।

 कार्यानवयनको पाटोलाई सिकाईको रुपमा लिनु पर्ने ।

 कार्यक्रमहरु अझै राम्रो सँग विस्तार गर्नु पर्ने ।

 वर्गिय भन्दा पनि आवश्यकताको आधारमा कार्यक्रम संचालन गर्नु पर्ने देखिन्छ ।

आई.एन.एफ.(INF)नेपालले देशका विभिन्न जिल्लाामा काम गरेको छ। INF NEPAL वि.सं. २००९ सालमा तत्कालिन श्री ५ को सरकारबाट स्वीकृती लिएर सँस्था दर्ता भएको हो । यो सास्थाले पोखरामा साइनिङ अस्पतालको स्थापना गरेर स्वास्थ्य सेवाबाट कार्य शुरु गरेको हो। भने कुष्ठरोगीहरुका लागि २०१४ सालमा हरियो खर्क अस्पताल स्थापना गरेको इतिहास छ। २०२३ सालमा पोखरामा नेपाली आदर्श विद्यालय हालको गण्डकी बोडिङ स्कुल स्थापना गरि शिक्ष क्षेत्रमा कामको शुरुवात गरेको हो। २०४० सालमा १ सय ५० शैयाको साविकको गण्डकी अञ्चल अस्पतालको भवन निर्माण गरि उपकरण समेत लगानी गरेर पश्चिीमाञ्चल क्षेत्रिय अस्पतालको रुपमा साइनिङ अस्पतालमा समेत गाभिएको हो एच.आइंभि एड्स, लागु पदार्थ, शिक्षा, स्वास्थ्य, अपाङ्गता पुनसर््थापनामा काम गर्दै आएको छ । देशका विभिन्न जिल्लाहरुमा क्षेत्र विस्तार गरेर कार्यक्रम संचालन गर्दे आएकोछ ।

क्षेत्र विस्तार अन्तरगत: काँस्की, कपिलबस्तु, रोल्पा, दाङ, बाँके, सुर्खेत, जुम्ला, मुगु, बाजुरा र कालिकोटमा काम गरिरहेकोछ। समुदायमा आई, एन.एफ. नेपालले गरिरहेका कामहरु सामुदायिक स्वास्थ्य र विकास, दीगो जीविकोपार्जन, पोषण्, शिक्षा, लघु वित्त, गरिवी कोष, जलवायु परिवर्तन, सामुदायिक पूर्वाधार, अपाङ्गता, प्रकोप व्यवस्थापन र पुनःस्थापना। बाजुरा जिल्लामा २०६९ सालमा तत्कालिन वाई, जुकोट र साप्पाटा गाविस हालको स्वामिकार्तिक खापर गा.पा.मा कार्यक्रम संचालन गरेको हो। हिमाली गा.पा.मा २०७५ साल भदौ महिनाबाट समावेशी विकास, शसक्तिकरण र जीविकोपार्जन परियोजना संचालन भई २०८२ सालको अषाढ मसान्तबाट बहिर्गमन भई पालिकालाई समुह हस्तान्तरण गरेको छ भने । हिमाली गा.पा.मा(INF) परियोजना संचालनमा रहेको छ।